menu

ताजा समाचार

जनवरी २८ देखि मे २०सम्म विशेष कार्यक्रम

भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित अन्तर्राष्ट्रिय कमिटी ‘इन्टर्नेस्नल कमिटी टु सर्पोट  पिपुल्स वार इन इन्डिया’ ले सन् २०१७ का लागि ६ महिने कार्यक्रम सार्वजनिक गरेको छ । नियमित कार्यक्रमसँगै यसले दुईटा विशेष कार्यक्रम, फेब्रवरी ४ मा विशेष छलफल कार्यक्रम र मे २० को ‘नक्सलबाडी किसान विद्रोहका ५० वर्ष’ सम्बन्धी कार्यक्रम तय गरेको छ ।

यही डिसेम्बर २२ का दिन जारी गरेको विज्ञप्तिअनुसार भारतमा चलिरहेको जनयुद्धको समर्थनका लागि  जनवरी २८ देखि विशेष हप्ता आरम्भ हुनेछ । यसमा  ४ फेब्रवरीका दिन इटालीमा भारतमा चलिरहेको जनयुद्धसम्बन्धी विशेष बैठक तथा अन्तरक्रियात्मक कार्यक्रम रहेको छ । कमिटीले जनाएअनुसार पहिले गोप्य किसिमले गरिने यस किसिमको छलफल कार्यक्रम पत्रकारहरूका लागि खुला गरिनेछ । यस कार्यक्रममा माओवादी आन्दोलनसित सम्बद्ध राजनीतिक प्रतिनिधिहरू, साम्राज्यवाद विरोधी संस्थासित सम्बद्ध प्रतिनिधिहरूका साथै बुद्धिजीवीरूलाई आमन्त्रित गरिने छ । साथै युरोपका विभिन्न ठाउँमा भेटघाटसहित औपचारिक–अनौपचारिक कार्यक्रमहरू पनि तय गरिएको छ ।

यस किसिमको कार्यक्रमका ३ ओटा बुँदामा छलफल हुने छ :
१.नोभेम्बर २४, २०१६ देखि डिसेम्बर २८ सम्म गरिएका कामहरूको समीक्षा,
२. भारतलगायत युरोपका प्रतिनिधिहरूको बारेमा निर्णय तथा कार्यक्रमको रूपरेखा,
३. नक्सलबाडी आन्दोलनको ५० औँ वार्षिकोत्सव कसरी प्रभावकारी बनाउने छलफल ।

यो ६ महिने कार्यक्रमलाई व्यापक प्रचारमा लैजान  युरोपभरि प्रदर्शन तथा भित्ते लेखन गर्ने भनेर पनि कमिटीको वक्तव्यमा उल्लेख गरिएको छ ।

भिडियो फिचरview all