menu

ताजा समाचार

हाम्रो पार्टी जनयुद्ध विस्तार गर्न प्रतिबद्ध छ:टिकेपी/एमएल

टर्की कम्युनिस्ट पार्टी ( मार्क्सवादी–लेनिनवादी) टिकेपी/एमएलको अन्तर्राष्ट्रिय  ब्युरोले एक विज्ञप्ति जारी गरी यताका दुई महिनामा भएका राजनीतिक तथा फौजी गतिविधिबारे जानकारी गराएको छ ।  ''भाइचारा पार्टी तथा सङ्गठनहरूलाई" भनेर सम्बोधन गरिएको सो विज्ञप्तिमा आफूहरू व्यापक मोर्चा बनाएर टर्कीको फासिवादी सरकारका विरुद्ध जनयुद्धको विस्तार गर्न प्रतिबद्ध रहेको कुरा पनि उल्लेख गरिएको छ ।
 
टर्कीमा कम्युनिस्ट नामका थुप्रै पार्टीहरू भए पनि संशोधनवादीहरूसित विद्रोह गरेर सन् १९७२ मा कमरेड इब्राहिम क्यापक्कायपय  नेतृत्वमा गठिनत टर्की कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) टिकेपी/एमएल ले मात्र क्रान्तिकारी विचार र राजनीतिलाई अघि बढाएको छ । यसले मार्क्सवाद–लेनिनवाद–माओवादलाई क्रान्तिको निर्देशक सिद्धान्त मानेको छ र नयाँ जनवादी क्रान्ति र जनयुद्धको राजनीतिलाई क्रान्तिको आधार बनाएको छ । त्यसै गरी अर्कातिर राष्ट्रिय मुक्तिका लागि लडिरहेका कुर्दहरूसित पनि संयुक्त भएर जाने नीति लिएको छ । टर्की थुप्रै जातजातीहरू बसोबास भएको मुलुक हो ।

 टिकेपी/एमएलको आफनै जन सेना छ र पार्टीले जन सेनाको नाम ‘टर्कीका मजदुर-किसानको सेना’–, ‘टिक्को’ राखेको छ । ‘टिक्को’ ले तेहोरो लडाइँ लडिरहेको छ । सिरियाको सीमा उपत्याकामा आधारक्षेत्र बनाएको ‘टिक्को’  एकातिर टर्कीको प्रतिक्रियावादी सरकारसित लडिरहेको छ भने अर्कातिर अमेरिकी साम्राज्यवादी सेनासित पनि लडिरहेको छ । साथै यसले आइयसआइका विरुद्ध पनि लडिरहेको स्थिति छ । 

केही दिनअघि मात्र जारी वक्तव्यमा प्रतिक्रियावादी सरकारसितको लगातार ६ दिनसम्म भएको नोभेम्बर महिनायताको  को लडाइँमा आफ्ना ८ जना जनसेनाका सहिद भएको र दुस्मनले आफ्ना २ जनाको मात्र हत्या भएको भने पनि उसले जहिले पनि नाम र संख्या लुकाउने हुनाले कम्तीमा पनि ७ जना  दुस्मन सेनाको हत्या भएको कुरा उल्लेख गरिएको छ । 

वक्तव्यमा भनिएको छ :
“टर्कीमा कुर्द राष्ट्रिय मुक्ति आन्दोलन र वर्गसङ्घर्ष तीव्र रूपमा अघि बढेको छ र यसबाट सत्ताधारी वर्ग एकदमै आतङ्कित भएको छ । टर्कीमा जुलाई १६ मा भएको असफल सैनिक 'कु' पछि  एकेपी सरकार कुर्दिस जनता, त्यहाँका क्रान्तिकारी तथा प्रगतिशील शक्तिहरू विरुद्ध निकै आक्रमक बनेको छ र  दमनलाई तीव्र पारेको छ  । प्रजातान्त्रिक तथा प्रगतिशील विचार राख्ने हजारौँलाई जागिरबाट हटाएको छ, सयौँ पत्रकारहरू तथा देशभक्तहरू पक्राउ परेका छन् । मुलुकमा सङ्कटकाल घोषणा गरेर फासिवादी सरकार प्रतिरोधको आवाजलाई दबाउन खोजिरहेको छ ।”

 त्यसैगरी वक्तव्यमा अगाडि भनिएको छ :
“तर यी सबै हर्कतहरू सत्तामा टिक्न खोजिएका निरर्थक प्रयास मात्र हुन् । फासिवादी सत्ता जनताको प्रतिरोधी शक्तिलाई रोक्न सक्ने छैन, न त राष्ट्रिय मुक्ति आनदोलनको गतिलाई नै यसले रोक्न सक्ने छ  । टर्कीको फासिवादी सरकारलाई आडभरोसा दिन साम्राज्यवादी शक्तिहरू जति लागे पनि उसको हारलाई रोक्न सक्नै छैनन् ।

फासिवादका विरुद्ध कुर्द राष्ट्रिय आन्दोलन चलाइरहेकाहरू, क्रान्तिकारी र कम्युनिस्टहरू एकजुट हुनु आवश्यक छ । अहिलेका लागि एकताबाट नै हामी क्रान्तिकारी आन्दोलन अघि बढाउन र हाम्रो उद्देश्य हासिल गर्नसक्छौँ । एकताले नै कुर्दिस जातिहरू, उत्पीडित जनता र श्रमजीवी वर्गलाई नयाँ आशाको सञ्चार गराउन सक्छ ।”

“हाम्रो पार्टी जनताको जनवादी क्रान्तिका लागि जनयुद्धलाई थप सुदृढ पार्न तथा विस्तार गर्न प्रतिबद्ध छ ।” भन्ने प्रतिबद्धता जाहेर गर्दै निम्न नाराका साथ वक्तव्य टुङ्ग्याइएको छ :

हाम्रो सङ्घर्षमा हाम्रा सहिदहरूको हामीलाई निरन्तर साथ रहनेछ !
जनयुद्ध जिन्दावाद !
साम्राज्यवाद, सामन्तवाद र सबेखाले प्रतिक्रियावाद मुर्दावाद !
भिडियो फिचरview all