menu

ताजा समाचार

२६ डिसेम्बरका दिन विशाल जनप्रदर्शन

यही डिसेम्ब १४का दिन फिलिपन्सको माओवादी  कम्युनिस्ट पार्टीले एक वब्तव्य प्रकाशित गरी रोड्रिगो दुतेर्ते सरकारको बेइमानीपूर्ण  व्यवहारको भत्र्सना गरेको छ र समझदारी विपरीत जान थालेको भनी २६ डिसेम्बरका दिन देशव्यापी वि रोधप्रदर्शन र जनसभा गर्ने निर्णय गरेको छ । वक्तव्यअनुसार सो कार्यक्रम सहरी क्षेत्रलगायत आधारइलाका तथा छापामार क्षेत्रमा पनि सम्पन्न गरिने छ । जनप्रतिरोध अभियानलाई प्रभावकारी बनाउन आम जनतालाई जनप्रदर्शनमा सहभागी हुन पनि  फिलिपिन्स कम्युनिस्ट पार्टीले आह्वान गरेको छ ।

पहिलेका सरकारहरू खासगरेर सन् ६० को दशकदेखि नै फिलिपिन्सको सत्ताधारी वर्गले अमेरिकासित लामो सैन्य सम्झौता गरेकाले अमेरिकाले सैन्य र परराष्ट क्षेत्रलाई आफू अनुकूल चलाइरहेको छ ।   फिलिपिन्समार्फत अमेरिकाले चीनमाथि निगरानी गरिरहेको छ । यसै सन्दर्भलाई लिएर पछिल्ला दिनमा रोड्रिगो दुतेर्तेको सरकारको ओबामा सरकारसित समझदारी बिग्रिएको थियो र उसले फिलिपिन्सको माओवादी  कम्युनिस्ट पार्टीसित शान्तिवार्ताको आह्वान गरेको थियो ।

यसैक्रममा फिलिपिन्सको माओवादी  पार्टीको वैधानिक मोर्चा ‘नेस्नल डेमोक्रेटिक फ्रन्ट’ (NDF) मार्फत दुई चरणको वार्ता पनि भएको थियो । वार्तामा बस्नुअघि केही समझदारी र सम्झौतामा हस्ताक्षर भए पनि  पछिल्ला दिनमा दुतेर्तेले त्यसको पालना नगरेको, वार्ता गरेजस्तो गर्ने, तर व्यवहारमा सर्तहरूको पालना नगरी वार्ता भङ्गको वातावरण तयार पार्न खोजेको भनेर फिलिपिन्स कम्युनिस्ट पार्टी र  ‘नेस्नल डेमोक्रेटिक फ्रन्ट’ ले प्रश्न उठाइरहेका छन् । खास गरेर जनहत्यारा तानासाह मार्कोसलाई राष्ट्रिय विशिष्ट व्यक्तिको सम्मान दिएपछि फिलिपिन्स कम्युनिस्ट पार्टी सशङ्कित भएको कुरा पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

सबै राजबन्दीहरूको रिहाइ, ' अप्लान वायनिहान' नामको ग्रामिण क्षेत्रमा चलाइएको हत्या अभियान रोक्न  र सरकारी सेनाक फिर्ता, झुटा मुद्दा खारेजी लगायत शान्तिवार्ता अवधिभर कुनै पनि सैन्य कारबाही नगर्ने भन्ने समझदारी र सर्त भए पनि रोड्रिगो दुतेर्ते सरकारले तिनको पालना नगरेको उल्टै सरकारी सेनाले वातावरण उत्तेजित पार्ने  काम गरेको, सुकुम्बासी किसानमाथि दमन गरेका ब्यहोरा पनि वक्तव्यमा उल्लेख छ । फिलिपिन्स कम्युनिस्ट पार्टीका मागहरूमध्ये एउटा प्रमुख माग राजबन्दी रिहाइको  छ । माथिल्ला स्तरका थुप्रै नेताहरू जेलमा छन् l दुतेर्तेले केहीलाई छाड्छु भने पनि पार्टीले आममाफीमा जोड दिएको छ । अहिले सबैभन्दा नमिलेको कुरा यसैमा छ ।

दुतेर्तेले आफूलाई समाजवादी र वामपन्थी भने पनि  व्यवहारमा त्यस्तो नदेखिएको र जनताले उसको कथनी र करनीलाई गम्भीरतापूर्वक हेरेको कुरा पनि वक्तव्यमा उल्लेख छ । पार्टीले, पहिलेका सरकारहरूले अमेरिकासित गरेका सैन्य, आर्थिक र परराष्ट्र सम्बन्धी सम्झौताका सन्दर्भमा पनि नयाँ किसिमले सोच्न माग गरेको छ । वक्तव्यमा भनिएको छ :
“क्रान्तिकारी शक्ति सरकार के गरिरहेकाने छ भन्ने कुरालाई नियालिरहेको छ । दुतेर्तेले अहिले आएर फेरि अमेरिकासितको “मित्रता र सहकार्य” लाई निरन्तरता दिने भनेका छन् र अर्को वर्ष २१७ ओटा सैन्य अभ्यास गर्न अमेरिकालाई दिने निर्णय गरेको छ । यसबाट यसअघि अमेरिकाका सामु नझुक्ने भन्ने उसको कुरा कोरा प्रलाप मात्र थियो र अब ऊ आफ्नो अडानबाट पछि हटेको सङ्केत गर्छ ।"

शान्तिवार्ताका सम्बन्धमा सहमति भएका सर्तहरू पालना  गरेपछि अमेरिकासितको सम्बन्ध  प्रस्ट पारेपछि, ग्रामीण क्षेत्रबाट सेना हटाएपछि र जनदमन  रोकेपछि र राजबन्दीको आममाफी गरेपछि मात्र सहमतिको वातावरण बन्छ भनेर पार्टीले जोड दिएको  छ । आफूहरू सहमति र समझदारीमार्फत अघि बढ्न चाहे पनि दुतेर्ते सरकारले  अनेक बहाना बनाएर रक्तपात मचाउन खोजेकाले दबाबका लागि सडकमा आउन पार्टीले आम जनतालाई आह्वान गरेको छ । खासगरेर २६ डिसेम्बर माओ दिवसका दिन पार्टीले आयोजना गरेको कार्यक्रमलाई दबाबका लागि जनप्रदर्शनको रूपमा प्रभावकारी बनाउन सबै न्यायप्रेमी जनसमुदायलाई आह्वान गरेको छ ।

यसैबीच पार्टीले जन सेनालाई खबरदारीमा रहन निर्देशित गर्नुका साथै आगामी नीति तय गर्न केन्द्रीय समितिको बैठक राखेको कुरा पनि वक्तव्यमा उल्लेख गरिएको छ ।
भिडियो फिचरview all