menu

ताजा समाचार

जताततै वहिष्कारका राता ब्यानर, माओवादी एम्बुसमा परेर ४ जना अर्धसैनिक बलको मृत्यु, २ जना मरणासन्न

भारतमा छत्तिसगढ लगायतका अन्य ४ राज्यहरूमा हुन लागेको बिधान सभा  चुनावलाई भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले सशक्त वहिष्कार गर्ने निर्णय गरेअनुसार विभिन्न रूपमार्फत वहिष्कार अभियानलाई तीव्र बनाइरहेको छ ।  यसै क्रममा यसले पर्चा वितरण, पोस्टर टाँस्ने तथा ब्यानर टाङ्ने कार्यक्रमलाई तीव्र बनाउनुका साथै स्थान विशेषमा  एम्बुसका कार्यक्रमहरू पनि चलाइरहेको छ ।

यसै क्रममा अक्टोबर २७ तारिखको साँझ छत्तिसगढ राज्यको बिजापुर जिल्लामा माओवादी छापामारहरूले थापेको एम्बुसमा परेर ‘१६८ बटालियन’ सिआरपिएफका ४ जना सदस्यको मृत्यु भएको र २ जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । चुनाव प्रचार अभियानको सहयोगार्थ स्कर्टिङमा हिंडेको सरकारी सुरक्षाबलको टोलीको गाडी बिजापुर जिल्लाको आवापल्लीमा एम्बुसमा परेको थियो । मुर्दान्दास्थित  सिआरपिएफको क्याम्प नजिकै भएको सो घटनापछि चुनाप प्रचार अभियानलाई अघि  बढाउन असहज भएको कुरा चुनावी नेताहरूले जनाएका  छन् । छत्तिसगढमा चुनाव यही नोभेम्बर १२ तारिखदेखि आरम्भ हुँदैछ ।

भिडियो फिचरview all