menu

ताजा समाचार

पार्टी स्थापना दिवसका सन्दर्भमा जताततै राता ब्यानरहरू

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आज सेप्टेम्बर २१ देखि ७ दिनसम्म विभिन्न  कार्यक्रमसहित पार्टीस्थापना दिवस मनाइरहेको छ । आजकै दिन सन् २००४ मा भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वार र माओइस्ट कम्युनिस्ट  सेन्टरबीच पार्टी एकता भएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को स्थापना भएको थियो । हरेक वर्ष पार्टीले स्थापना दिवश विशेष कार्यक्रमसहित मनाउने गरेको छ । कमरेड गणपतिको नेतृत्वमा जनयुद्ध चलाइरहेको भारतीय माओवादी पार्टीलाई भारतीय प्रतिक्रियावादी सरकारले “भारतको आन्तरिक सुरक्षामा सबैभन्दा ठूलो खतरा” भन्दै आएको छ । २० भन्दा बढी राज्यमा पार्टीको विशेष प्रभाव रहेको माओवादी पार्टीले कामरेड आजाद, कमरेड किसनजी जस्ता थुप्रै  होनहार नेताहरू गुमाइसकेको भए पनि र कमरेड अजिथ, कमरेड कोबाध गान्धी जस्ता केन्द्रीय समितिकै कतिपय नेताहरू जेलमा रहेको स्थिति भए पनि सो पार्टीले निरन्तररूपमा आफ्नो प्रभाव र पकड विस्तारित गरिरहेको छ । भारतका सबैजसो प्रान्तमा पार्टी सङ्गठन निर्माण गरेको भाकपा (माआवादी) ले  पछिल्लो समयमा सहरी क्षेत्रमा पनि उल्लेख्य किसिमले आफ्नो प्रभाव विस्तार गरेको छ ।

दीर्घकालीन जनयुद्धको माध्यमबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादमा पुग्ने महान लक्षसफ साथ  जनसेनाको निर्माण गरेर जनयुद्ध चलाइरहेको माओवादी पार्टीले पार्टीको पकड भएका स्थानहरूमा जना सरकार स्थापना गरेर  समानान्तर सत्ता चलाइरहेको छ ।
विभिन्न किसिमले पार्टी स्थापनादिवस मनाउन पार्टीले आह्वान गरेअनुसार अहिले विभिन्न क्षेत्रमा स्थानीय भाषामा पार्टी स्थापना दिवस भव्यताका साथ मनाऔँ ! हिन्दूत्ववादी फासिवादी सरकार विरुद्धको आन्दोलन तेज बनाऔं ! भाकपा (माओवादी) जिन्दावाद ! जस्ता ब्यानरहरू टाँगिएका छन्  र विभिन्न ठाउँमा भित्ते लेखन पनि गरिएको छ

भिडियो फिचरview all