menu

ताजा समाचार

पार्टी नेतृत्त्वलाई चुनौति दिंदै ३९ जनाको वक्तव्य

क्रान्तिकारी पत्रकार सङ्गठनको तेस्रो राष्ट्रिय सम्मेलनद्वारा चुनिएका ३९ जना सदस्यले आज भदौ ३० गते एक विज्ञप्ति प्रकाशित गरी खराब संस्कार र प्रवृत्ति बोकेका केही पात्रले सङ्गठनलाई  भद्रगोल पार्न चलखेल गरेको भनेर सङ्गठनको आन्तरिक स्थिति प्रस्ट पार्नुका साथै  सङ्गठनको मूल्यमान्यताविपरीत अनैतिक काम गरेकाले केन्द्रीय सदस्य प्रकाश डुम्रे, हिम विष्ट र सिर्जना  तिम्सिनालाई साधारण सदस्य पनि नरहने गरी सङ्गठनबाट निष्काशित गरिको कुरा जनाएका छन्  ।

वक्तव्यमा केही व्यक्तिका गतिविधि निकै शङ्कास्पद रहेको, सम्मेलनको बन्द सत्रको अडियो रेकर्ड नै प्रहरीइलाई बुझाएको भनिएको छ र यस्ता प्रवृत्तिको भण्डाफोर गरिने पनि भनिएको छ । वक्तव्यमा सरकारले अभिव्यक्ति स्वतन्त्रका सम्बन्धमा ल्याएको नीतिका विरुद्ध सङ्घर्ष  गर्ने पनि भनिएको छ ।

यसरी वक्तव्य प्रकाशित गर्नेहरूमा डिल्लीराज रावत, कमल बुढा, जन्मदेव जैशी, बाबुराम भुषाल, भौतिक मल्ल, केशव न्यौपाने, जीवन हमाल, धनन्जय बुढा, सुदीप बर्देवा सहित ३९ जना रहेका छन् ।

हिजो मात्र नेकपा-बिप्लवका मध्य कमान्ड इन्चार्ज सुदर्शनले क्रान्तिकारी पत्रकार सङ्गठनका पूर्व अध्यक्ष प्रभात चलाउनेसहित ५ जनालाई कारवाही गरेको विज्ञप्ति प्रकाशित गरेको सन्दर्भमा  ३९ जनबाट आएको यस वक्तव्यलाई पार्टीले गरेको सो  कारबाहीका विरुद्धको प्रतिकारवाहीका रूपमा पनि लिन सकिन्छ । पार्टीको स्थायी समिति निर्णययमार्फत   नेतृत्वमा ल्याइएका प्रकाश डुम्रे, हिम विष्ट र सिर्जना तिम्सिनालाई साधारण सदस्यबाट नै निष्काशित गर्नुलाई निकै अर्थपूर्ण मान्न सकिन्छ । यसलाई  एक हिसाबले पार्टी निर्णयप्रति नै चुनौतीका रूपमा लिन सकिन्छ ।

३९ जना केन्द्रीय सदस्यद्वारा जारी वक्तव्यको फोटोप्रति  तल प्रस्तुत गरिएको छ ।

भिडियो फिचरview all