menu

ताजा समाचार

फेरि पनि भन्छु, मान्य छैन विप्लववाद

 डा. ऋषिराज बराल    यही मङ्सिर ८ गते नेकपा-माओवादीबाट नेत्रविक्रम चन्द ‘बिप्लव’ सम्बद्ध समूहले सम्बन्ध विच्छेद गरेको तीन वर्ष हुन्छ  । 'बिप्लव समूह', नेकपा, माओवादी, नेकपा (माओवादी) हुँदै अहिले यो समूह नेकपा मात्रै भएको छ ।

'अज्ञात समूह' का नाममा व्यापक धरपकड, लेखक-पत्रकारहरू पनि बाँकी रहेनन्

प्रतिनिधिसभाको चुनाव नजिकिँदै जाँदा काङ्ग्रेसको नेतृत्वमा रहेको सरकारले एकातिर आफू अनुकूल हुने गरी प्रजिअ र प्रहरीको सरुवा गरिरहेको छ भने शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्ने नाममा देश्व्यापी रूपमा धरपकड गर्ने र आतङ्क मच्चाउने काम गरिरहेको छ

पाख्रिन दाइको सम्झनामा

 दुस्मनले लखेट्दा : ऋषिराज बराल असोज १३, २०६१अहिले राङ्कोटको जुमाराङ्सी नजिकै बसरे लेख्दैछु । यसपल्ट झन्डै दुस्मनले समाप्त नपारेको । दुस्मन मुसिकोटबाट हिंडेको र चोखावाङसम्म आइपुगेको त थाहा भएको थियो । हामी चुनवाङको बुढागाउँ छोड्ने

फेरि पनि चर्चा “अज्ञात समूह” को 'आतङ्क' को

भर्खरै “अज्ञात समूह” सित जोडिएर देशका विभिन्न भागबाट समाचार आएका छन् : रौतहटमा वामगठबन्धनको बैठकलगत्तै टाइम बम विष्फोट, ११ घाइते, तीनको अवस्था गम्भीर, भोजपुरको कुलुङमा प्रहरी र “अज्ञात समूह” बीच गोली हानाहान, तनहुँमा काङ्ग्रेस नेता

चुनाव खारेजी, साहित्यकारहरू र राज्यआतङ्क

चुनाव खारेजीको अभियानसित जोडेर नेकपा-विप्लवका थुप्रै कार्यकर्ताहरूलाई  पक्राउ गरिएको छ । र  यसक्रममा पत्रकारहरूलगायत सो पार्टीको सांस्कृतिक मोर्चा ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ सम्बद्ध कलाकारहरू तथा  लेखक पनि पक्राउ परेका छन् । हिजो मात्रै ‘अखिल नेपाल

साहित्यकार खेम थपलियाको गिरफ्तारीप्रति सर्वत्र निन्दा : नेपाल तथा भारतका लेखकहरूबाट अविलम्ब रिहाइको माग

मार्क्सवादी लेखकका रूपमा स्थापित खेम थपलियालाई “जिल्ला प्रशासनको आदेश” भन्दै बागबजार स्थित प्रगतिशील लेखक सङ्घको कार्यालय परिसरबाट  हिजो मंग्सिर १ गतेका दिन प्रहरीले पक्राउ गरेका छन् । उहाँसँगै साहित्यकार बैरागी जेठा तथा अच्युत अधिकारीसमेतलाई पक्राउ

माओवादी छापामारको ल्यान्डमाइनमा परेर सिआरपिफका ७ जनाको स्थिति गम्भीर

हिजो बिहिबार भारतको झारखण्ड, बिहार र छत्तिसगढ राज्यको सीमास्थित बुढा पहार भन्ने ठाउँमा माओवादीले  विछ्याएको ल्यान्डमाइनमा परेर माओवादी सर्च अपरेसनमा गएर फर्केको सिआरपिएफसहित स्थानीय प्रहरीको टोलीका ७ जना मरणासन्न अवस्थामा पुगेको कुरा भारतीय माध्यमहरूले जनाएका

निर्वाचन बहिष्कार र “अज्ञात समूह”को अन्तर्कथा

 'नयाँ संविधान’ ले निर्देशित गरेको संसदीय व्यवस्थालाई लागु गर्ने उद्देश्यका साथ हुनलागेको संसदीय निर्वाचनका दिनहरू नजिकिँदै गर्दा चुनावी राजनीतिसित सम्बद्ध विभिन्न किसिमका परिघटनाहरू सतहमा आएका छन् । यो टिप्पणीमा यसैका बारेमा प्रकाश पार्ने प्रयास गरिएको

कमरेड किरणका भनाइले उब्जाएका प्रश्नहरू

डा. ऋषिराज बरालनेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ को भनाइ भनेर सोही पार्टीसम्बद्ध एउटा अनलाइनले ‘संसदीय व्यवस्था फाल्नलाई हामी चुनावमा गएका हौँ’ शीर्षकमा निम्न बमोजिमको समाचार प्रकाशित गरेको छ :“नेकपा (क्रान्तिकारी

राज्यसत्ताबाहेक अरू सबै भ्रम हो : ९ओटा माओवादी पार्टीहरूको संयुक्त घोषणा

समाजवादी महान् अक्टोबर क्रान्तिको शतवार्षिकीका सम्बन्धमा ९ओटा ल्याटिन अमेरिकी मार्क्सवादी-लेनिनवादी- माओवादी पार्टी तथा सङ्गठनहरूले संयुक्त वक्तव्य जारी गर्दै मार्क्सवाद-लेनिनवाद-माओवाद, मूलतः माओवाद र जनयुद्धको पक्षमा दृढताका साथ उभिन आह्वान गरेका छन् । “सत्ताबाहेक अरू सबै भ्रम हो

जमेको पोखरी भत्काउन अलिअलि 'अराजक' हुनैपर्छ

ऋषिराज बरालजनमेल' मा लेख्न थालेको एक वर्ष भएछ । अहिले यही ने मेरो मोर्चा बनेको छ । आर्थिक पक्ष राम्रै भए पनि कर्पोरेट माध्यमहरूमा शब्दचयन र आयतनको सीमामा खुम्चिनु पर्ने र कमरेडहरूले खोलेका  पसलहरूमा उनीहरूको